भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छालिङ्ग सामुदायिक सिकाई केन्द्रको ११ औं साधारणसभा सप्पन्न, सिकाई केन्द्रबाट जनचेतना फैलाउने कार्य गर्न अपिल

छालिङ्ग सामुदायिक सिकाई केन्द्रको ११ औं साधारणसभा सप्पन्न, सिकाई केन्द्रबाट जनचेतना फैलाउने कार्य गर्न अपिल

काठमाडौ । छलिङ्ग सामुदायिक सिकाइ केन्द्रको ११ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौंको दक्षिणकालीमा सिकाइ केन्द्रको ११ औं साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अथिती न्हुच्छेभक्त फोजुले सस्थाले जनचेतनाका कार्यक्रमहरु सन्चालन गर्न आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य सबैभन्दा महत्त्वपूर्णपाटो भएकाले स्वास्थ्य शिक्षा शिविर टोल-टोल र बस्ती-बस्तीमा सन्चाल्न गर्न अपिल गर्नुभयो ।

छालिङ्ग सामुदायिक सिकाइ केन्द्रको ११ औं साधारणसभा सप्पन्न

शिविर सन्चालन गरेमा मात्रै यश सस्थाले सार्थकता पाउने बताउँदै देशको अवस्थाका बारेमा मात्रै नभई अन्तर्राष्ट्रिय राजनीतिबारे पनि जानकारी राख्नुपर्ने बताउनुभयो ।

उहाँले ऋणले मात्रै देश चलाउने शासकहरु नालायक भएको बताउँदै चीनबाट शासकहरुले सिक्नु तर्क गर्नुभयो । उहाँले सिकाइ केन्द्रले पनि विभिन्न अवस्थाका बारेमा विद्यालयको पाठ पढाए जस्तै सिकाउनुपर्ने बताउदै सिपमुलक तालिम दिनुपर्ने बताउनु भयो ।

छालिङ्ग सामुदायिक सिकाइ केन्द्रको ११ औं साधारणसभा सप्पन्न

कार्यक्रममा स्वागत इन्द्रबहादुर फोजुले गर्नु भएको थियो । उहाँले स्वागत गर्दै बालबालिकाको चौतर्फी विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । सस्थाको ११औं साधारणसभामा सुर्यबहादुर फोजु, रत्न बहादुर ह्यौमिखाले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा सस्थाको प्रगति प्रतिवेदन सानुमाया लागेजु र आर्थिक प्रतिवेदन कृष्णहरि फोजुले प्रस्तुत गर्नुभएको हो । साधारणसभामा सस्थाको प्रतिवेदन सदस्यहरूले छलफल गर्दै तालिबजएर पारित गरे भने कार्यक्रममा जुना चाकतुले पनि बोल्नु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.