भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ठमेलस्थित होटलबाट दुई जना चिनियाँ नागरिक पक्राउ

ठमेलस्थित होटलबाट दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ६ साउन । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलस्थित एक होटलबाट प्रहरीले दुई जना चिनियाँ नागरिकलाई २ केजी सुन र २४ लाख नगदसहित पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीय सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान छन्।

उनीहरूको साथबाट प्रहरीले २ किलो सुन र २४ लाख नेपाली रुपैयाँ नगद बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए। प्रहरी अनुसन्धान अनुसार, चुनलिन थान डेढ महिनाअघि नेपाल आएका थिए र ठमेलस्थित एक होटलमा बस्दै आएका थिए।

सुमेई चोउ भने केही दिनअघि मात्र काठमाडौँ आएकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच प्रेम सम्बन्ध रहेको खुल्न आएको छ।

उनीहरूलाई प्रारम्भिक अनुसन्धानपछि थप कारबाही र कानुनी प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ। प्रहरीले यो घटनालाई सुन तस्करी वा अवैध कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका गर्दै विस्तृत अनुसन्धान अघि बढाएको छ।

 


Thali Mobile Pvt.Ltd.