भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

रौतहटको गरुडाबाट लाखौं मूल्यको गाँजा बरामद

रौतहटको गरुडाबाट लाखौं मूल्यको गाँजा बरामद

मुख्य बुँदा:

रौतहटको गरुडाबाट विशेष सूचनाका आधारमा लागु औषध गाँजा बरामद

ग ३ च ६८९६ नम्बरको ब्रेजा कारबाट ठूलो परिमाणमा गाँजा भेटियो

प्रहरीलाई देखेपछि चालक भाग्न खोज्दा नियन्त्रणमा लिइयो

इलाका प्रहरी कार्यालय गरुडाको सक्रियतामा सफलता

थप विवरण पत्रकार सम्मेलनमा सार्वजनिक गरिने

रौतहट, ६ साउन । रौतहट प्रहरीले विशेष सूचनाको आधारमा ठुलो मात्रामा लागु औषध गाँजा बरामद गरेको छ। जिल्लाको गरुडास्थित झाझ खोला नजिकबाट प्रहरीको टोलीले एक ब्रेजा कारमा लुकाइराखिएको अवस्थामा गाँजा फेला पारेको हो।

चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६८९६ नम्बरको ब्रेजा कार जाँचका क्रममा शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय गरुडाको टोलीले कार रोकेर चेकजाँच गर्न खोज्दा चालकले गाडी लिएर भाग्ने प्रयास गरेका थिए। प्रहरीले तत्कालै पछ्याएर कार नियन्त्रणमा लिएको हो।

रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार, कारभित्र गाँजा लुकाएर तस्करी गर्न लागिएको सूचना पाएपछि प्रहरीले सो स्थानमा निगरानी बढाएको थियो। “हालसम्म गाडीबाट गाँजा निकाल्ने कार्य भइरहेको छ, पूर्ण विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ,” उनले भने।

गाँजाको परिमाण ठुलो रहेको प्रारम्भिक अनुमान छ। यस घटनामा संलग्न चालक र सम्भावित गिरोहबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको सक्रियताले लागु औषध तस्करीमा संलग्न समूहहरूको मनोबल घटाउने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.