भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सहकारी ठगीको विषय आउनेवित्तिकै समिति बनाएर टारिन्छः चित्रबहादुर केसी

सहकारी ठगीको विषय आउनेवित्तिकै समिति बनाएर टारिन्छः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित संसदीय समितिले दोषी किटान गर्ने कुरामा आशंका व्यक्त गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सहकारी ठगीको विषय आउनेवित्तिकै समिति बनाएर टार्ने गरिएको बताए ।

यसपटक र संसदीय छानबिन समिति बनाउनुपर्छ भन्दा राज्यको जिम्मेवार ठाउँमा बसेको व्यक्तिले तिमीहरु पनि फलानो काण्डमा जोडिएका छौ भन्नेजस्तो लाजमर्दो काम गरेको केसीले बताए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गठन गर्न सत्ता गठबन्धन तयार नभएको प्रति इंगित गर्दै उनले आफ्नो कर्तुत जोगाउन राज्यको निर्णायक तहमा बसेकाहरुले गरेको गतिविधिले संसदीय समितिले काम गर्छ भन्नेमा आशंका रहेको बताएका हुन् ।सहकारीको रकम हिनामिना गर्नेमा सर्वसाधारण नभई सांसद र मन्त्रीहरु नै जोडिएको केसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.