भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

भुक्तानी माग्दा दूध नउठाउने चितवनका डेरीहरुको चेतावनी

भुक्तानी माग्दा दूध नउठाउने चितवनका डेरीहरुको चेतावनी

चितवन, १२ जेठ । चितवनका केही दुग्ध उत्पादक डेरीहरुले दूध नउठाउने चेतावनी दिएका छन् । भुक्तानीका लागि दबाब दिँदा दुग्ध उत्पादक सहकारी संस्थाहरुले दुध नउठाउने चेतावनी दिएका हुन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार अहिले भुक्तानी माग गरेका सहकारीहरुबाट दूध उठ्न कठिन भएको छ । चितवनमा उत्पादित दूध सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसी र निजी कम्पनीले लैजाने गरेका छन् ।

उहाँका अनुसार जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीहरुले विभिन्न डेरीहरुबाट ८० करोड रुपैयाँभन्दा धेरैको भुक्तानी पाउन बाँकी रहेको छ । यो रकममध्ये डीडीसीको ३५ करोडभन्दा धेरै र अरू रकम निजी डेरीहरुको रहेको हो ।

अध्यक्ष बगालेका अनुसार जिल्लाबाट ४० भन्दा बढी डेरीले दूध लैजाने गरेका छन् । ती डेरीहरुले भुक्तानी माग्दा नियमित लैजाने दूधबाट कटौती गरेर थोरै लैजान थालेको उहाँले जानकारी दिनुभयो । डेरीहरुबाट गएको पुस १ गतेदेखिको भुक्तानी लिन बाँकी छ ।

यस्तै अवस्था आए दुग्ध उत्पादक किसान आन्दोलनमा आउन बाध्य हुने उहाँको भनाइ छ । चितवनबाट दैनिक एक लाख ५१ हजार लिटर दूध बाहिर जिल्ला जाने गरेको सङ्घले जनाएको छ । जसमध्ये ३५ हजार लिटर दूध डिडिसिले लाने गरेको छ ।

अहिले चितवनमा दैनिक तीन लाख लिटरभन्दा धेरै दूध उत्पादन हुँदै आएको छ । किसानको भुक्तानी दिन ढिला गरे पछि सङ्घले स्थानीय प्रशासनलाई भुक्तानीका लागि सहजीकरण गर्न आग्रह गरेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.