भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज

राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको गुँड खोज्ने कार्य सुरू गरेको छ । राप्ती नदी क्षेत्रमा चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरू गरिएको हो । निकुञ्जका सूचना अधिकारी अबविनास थापामगरका अनुसार अहिलेसम्म १४ वटा गुँड फेला परिसकेका छन् । वैशाख १० गतेसम्म चितवन निकुञ्जले दुई जना कर्मचारी खटाएर गुँड खोज्ने कार्य गरिएको छ ।

स्थानीय बोटे समुदायका व्यक्तिहरूले गोहीको गुँड खोज्ने कार्य गरिरहेका छन् । उनीहरूले गुँड खोजेर त्यसको रेखदेख गर्ने उनले बताए । वैशाख १५ गतेपछि गोहीको अण्डा सङ्कलन गर्ने तयारी गरिएको उनी बताउछन् । गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडका अण्डा निकालिएको थियो । दुई सय ४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको उनले बताए । उनले भने, “अहिले गुँड खोजेपछि कतिवटा गुणको अण्डा निकाल्ने भन्ने तय गरिनेछ ।”

निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चाहरु हुर्काएर पुनः विभिन्न नदीहरूमा छोड्ने गरिएको छ । यहाँ उत्पादन गरिएको घडियाल गोही चितवनको नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको थियो ।

पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । रासस

 


Thali Mobile Pvt.Ltd.