भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कक्षा ११ काे आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा ११ काे आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, ३१ असाेज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार कूल १४ हजार ९ सय १० विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ९ हजार ४ सय ५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने २ जनाको परीक्षा रद्द गरिएको छ । बाँकी विद्यार्थीहरू असफल भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा हेर्न विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइटमा गएर रोल नम्बर प्रविष्ट गरी नतिजा प्राप्त गर्न सक्नेछन् । साथै नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

यसअघि कक्षा ११ को वार्षिक नियमित परीक्षा गत जेठमा सम्पन्न भएको थियो । आंशिक र ग्रेड वृद्धि परीक्षा ती विद्यार्थीका लागि सञ्चालन गरिएको हो, जसले विगतको परीक्षामा आवश्यक ग्रेड प्राप्त गर्न सकेका थिएनन् ।

 


Thali Mobile Pvt.Ltd.