भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा गीत रचनाकारको नाममा त्रुटि सच्याइयो

कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा गीत रचनाकारको नाममा त्रुटि सच्याइयो

मुख्य बुँदा:

कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा रचनाकारको नाममा त्रुटि

‘यसपाली त मनै फाट्यो…’ गीतको वास्तविक रचनाकार राजेन्द्र थापा

पाठ्यपुस्तक अद्यावधिक गरियो

शिक्षण संस्थालाई सच्याइएको तथ्यअनुसार शिक्षण गर्न केन्द्रको आग्रह

काठमाण्डौ, २९ साउन । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ। बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा उल्लेखित ‘यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने..’ गीतको रचनाकार अम्बर गुरुङ भनी दिइएको जानकारीमा गल्ती भेटिएपछि आधिकारिक स्रोतमार्फत खोजी गरिएको थियो।

पाठ्यक्रम विकास केन्द्रका अनुसार गीतको वास्तविक रचनाकार राजेन्द्र थापा हुन्। पाठ्यपुस्तकमा यसअनुसार सच्याइयो। सम्बन्धित शिक्षण संस्थाहरूलाई अद्यावधिक तथ्यअनुसार सिकाइ–सिखाउने कार्य गर्न केन्द्रले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.