भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मापसे गरेकालाई सडकमा उभ्याउने कुन कानुनमा छः कांग्रेस

मापसे गरेकालाई सडकमा उभ्याउने कुन कानुनमा छः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवा गर्न लगाउने गृह मन्त्रालयको निर्णयप्रति आपत्ति जनाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले हुकुमी पद्धतिमा नभई मुलुक कानुनी मान्यतामा चल्नुपर्ने बताए ।

मुलुकलाई कानुनी शासन अनुसार चलाउनुपर्ने भन्दै कानुनबिना त्यसरी मानिसलाई सडकमा ल्याउनु नहुने सांसद खतिवडाले बताए। ‘गणतन्त्र स्थापना भएको अवसरमा माननीय उपप्रधानमन्त्रीको ट्वीट मा महिनावारि भएका ट्राफिक महिलालाई ४ दिन छुट्टी दिने व्यवस्था गर्नुभएछ । कानुन बनाएर चल्दा यो राम्रो हो तर यसलाई हुकुमी शासनबाट चलाइयो । कुनै पनि काम गर्दा कानुन बनाएर चल्नुपर्छ । मापसे गरेकालाई सडकमा उभ्याउने कुन कानुनमा छ । त्यसैले हामी कुनै पनि श्रम शोषण गर्न पाइदैन । सरकारले यो विषयमा रुलिङ्ग गर्नुपर्छ भन्ने मेरो धारणा छ ।’ सांसद खतिवडाले भने

 


Thali Mobile Pvt.Ltd.