भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मापसे गरेकालाई सडकमा उभ्याउने कुन कानुनमा छः कांग्रेस

मापसे गरेकालाई सडकमा उभ्याउने कुन कानुनमा छः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवा गर्न लगाउने गृह मन्त्रालयको निर्णयप्रति आपत्ति जनाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले हुकुमी पद्धतिमा नभई मुलुक कानुनी मान्यतामा चल्नुपर्ने बताए ।

मुलुकलाई कानुनी शासन अनुसार चलाउनुपर्ने भन्दै कानुनबिना त्यसरी मानिसलाई सडकमा ल्याउनु नहुने सांसद खतिवडाले बताए। ‘गणतन्त्र स्थापना भएको अवसरमा माननीय उपप्रधानमन्त्रीको ट्वीट मा महिनावारि भएका ट्राफिक महिलालाई ४ दिन छुट्टी दिने व्यवस्था गर्नुभएछ । कानुन बनाएर चल्दा यो राम्रो हो तर यसलाई हुकुमी शासनबाट चलाइयो । कुनै पनि काम गर्दा कानुन बनाएर चल्नुपर्छ । मापसे गरेकालाई सडकमा उभ्याउने कुन कानुनमा छ । त्यसैले हामी कुनै पनि श्रम शोषण गर्न पाइदैन । सरकारले यो विषयमा रुलिङ्ग गर्नुपर्छ भन्ने मेरो धारणा छ ।’ सांसद खतिवडाले भने

 


Thali Mobile Pvt.Ltd.