भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

किन गर्छन् आत्महत्या ?

किन गर्छन् आत्महत्या ? image

काठमाडौं । आत्महत्या भनेको मानव जीवनमा आफ्नै हातले आफूलाई क्षति पुर्याउने क्रिया हो। आत्महत्या मानसिक समस्या, सामाजिक असहमति, वा अन्य कारणहरूका कारण भएको हुन सक्छ। नेपालमा आत्महत्या गर्नेहरू दिनहुँ बढिरहेका छन् ।

विगतका वर्षहरूमा भन्दा पछिल्लो वर्षमा आत्महत्या निकै बढेको छ । २०७९ साउनदेखि २०८० असारसम्म काठमाडौँ उपत्यकामा मात्र ४७२ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । उपत्यकामा ३१२ पुरुष, १४९ महिला, ६ बालक र पाँच जना बालिकाले आत्महत्या गरेको पाइयो ।

सफलता र असफलता बीचको दूरीले मानिसलाई आत्महत्याको बाटो रोजाउने ख्वप कलेजकी मनोविज्ञान विषयकी शिक्षक प्रभा प्रजापतिले बताइन् । महत्त्वाकांक्षा र अपेक्षाअनुसार व्यावसायिक, व्यक्तिगत जीवनमा आत्मसन्तुष्टि नमिलेपछि व्यक्ति डिप्रेसनमा जाने र त्यसको चरम रूप आत्महत्या हुने उनको भनाइ छ।
आत्महत्याको कहालीलाग्दो स्थितिलाई लिएर अध्ययन गरी समाधानको बाटो खोज्नु आवश्यक छ ।आर्थिक कारणमा बेरोजगारी, वैदेशिक रोजगार र महिलाहरू आत्मनिर्भर नहुनु यसका कारणहरू हुन्। यस्तै सामाजिक कारणमा परपुरुष वा स्त्रीसँगको अवैध सम्बन्ध, बोक्सी, दाइजोजस्ता सामाजिक विकृतिले समेत मानिसलाई आत्महत्याको बाटो देखाउछ ।

आत्महत्याको मुख्य कारण व्यक्तिको मानसिक मनोदशा हो । मानिस मनोवैज्ञानिक रूपमा कमजोर हुँदै गएपछि निराशाको चरम रूप आत्महत्याको बाटो रोज्छ। आत्महत्याका पछाडि एउटा व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू पनि जोडिन्छन् । उनले भनिन्, ” मनोरोगबाट ग्रसित व्यक्तिमा परिस्थिति समग्रमा बुझ्ने, समाधानका उपायको मनन गर्ने र उपयुक्त उपायको चयन गर्ने मनोवैज्ञानिक क्षमताको कमी हुनजान्छ र आत्महत्याको बाटो पनि रोज्छन् । “

यसैगरी व्यक्तिमा भविष्यप्रति निराशा, अरु व्यक्तिप्रति बेसहारा तथा आफू व्यर्थ भएको नकारात्मक दृष्टि पैदा हुनजान्छ। कतिपय मनोरोगमा यसका लक्षणहरूको कारण पनि बेचैन, त्रसित वा अन्योल भई बिरामीले यस्तो व्यवहार देखाउन सक्छ । मनोरोगहरूमध्ये उदासीन मनोरोग आत्महत्याबाट ज्यान गुमाउनेको सङ्ख्या बढी रहेको प्रजापतिले जानकारी दिइन् ।

भविष्यप्रति निराशा हुनु र समस्याको समाधान नदेख्नु नै आत्मघाती व्यवहारका मूल कारण हुन्। कसैले यसो गर्नु भनेको सामाजिक, मानसिक, आर्थिक, र व्यक्तिगत कारणहरू, अस्वस्थता, व्यक्तिगत संघर्ष, राजनीतिक वा परिवारिक समस्याहरू हुनसक्छ्न् । यो गम्भीर समस्या हो जसले सामाजिक, मानसिक र शारीरिक स्वास्थ्य पनि प्रभावित गर्छ ।

आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण काम हो । सामान्यतया आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ । त्यति गर्दा पनि जीवनशैलीमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ । विशेषगरी परिवारका सदस्यले नै आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउन आवश्यक हुन्छ । यस्ता व्यक्तिलाई नियमित ध्यान गराउनुपर्छ । लागुपदार्थ र मद्यपानको लतमा फसेको भए तत्काल मुक्त गर्न प्रयास गर्नुपर्छ । सबैभन्दा महत्वपुर्ण कुरा आफुमा विश्वास र हरेक परिस्थिती र समस्यासँग लड्न सक्ने क्षमता हुनुपर्छ ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda