भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

संसद् बैठकअघि प्रतिपक्षी दलसँग कांग्रेसको छलफल

संसद् बैठकअघि प्रतिपक्षी दलसँग कांग्रेसको छलफल

काठमाडौंको नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। बैठक केहीबेरमा बस्नेगरी संसद् भवनमा बोलाइएको हो।

आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको साझा धारणाको तयारीका लागि देउवाले प्रतिपक्षी दलको बैठक बोलाएका हुन्।

कांग्रेसले सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै यसअघिका संसद् बैठक अवरुद्ध गर्दै आएको थियो। तर शनिवार गृहमन्त्रीको नाम नै नलिई सहकारी ठगीबारे छानबिन गर्न संसदीय समिति गठन गर्न सत्तापक्षका दल सहमत भएका थिए। समितिको कार्यादेश टुंगो लगाउन एमालेका नेता तथा कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ।

बैठकमा सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरू र प्रमुख सचेतक रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायत सहभागी छन्।

 


Thali Mobile Pvt.Ltd.