भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संसद् बैठकअघि प्रतिपक्षी दलसँग कांग्रेसको छलफल

संसद् बैठकअघि प्रतिपक्षी दलसँग कांग्रेसको छलफल

काठमाडौंको नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। बैठक केहीबेरमा बस्नेगरी संसद् भवनमा बोलाइएको हो।

आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको साझा धारणाको तयारीका लागि देउवाले प्रतिपक्षी दलको बैठक बोलाएका हुन्।

कांग्रेसले सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै यसअघिका संसद् बैठक अवरुद्ध गर्दै आएको थियो। तर शनिवार गृहमन्त्रीको नाम नै नलिई सहकारी ठगीबारे छानबिन गर्न संसदीय समिति गठन गर्न सत्तापक्षका दल सहमत भएका थिए। समितिको कार्यादेश टुंगो लगाउन एमालेका नेता तथा कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ।

बैठकमा सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरू र प्रमुख सचेतक रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायत सहभागी छन्।

 


Thali Mobile Pvt.Ltd.