भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आम्दानीको स्रोत बन्दै फोहोर

आम्दानीको स्रोत बन्दै फोहोर

काठमाडौं । धनगढी उपमहानगरले वर्गीकरण गरेर फोहोर बिक्री गर्न थालेको छ । फोहोरबाट उत्पादन भएको ग्यास सिलिन्डरमा भरेर बजार पठाउने तयारी गरेको छ । पुनः प्रयोग गर्न नसकिने फोहोरका लागि मात्र ल्यान्डफिल साइट बनाइँदै छ ।

फोहोर वर्गीकरण गर्न दैनिक १० कामदार खटिएका छन् । बजार र बस्तीबाट ट्रयाक्टरमार्फत संकलन गरी ल्याइएको फोहोरबाट कागज, प्लास्टिक, सिसालगायत सामग्री छुट्याउने काममा खटिएका छन् । धनगढी उपमहानगरपालिका– २, दक्षिण बेहडीस्थित सूक्ष्म वर्गीकरण केन्द्रमा ६ महिनादेखि फोहोर वर्गीकरण भइरहेको छ ।

कुहिने ठोस र नहुकिने फोहोर मात्र सूक्ष्म वर्गीकरण केन्द्रमा लगेर प्लास्टिक, सिसा, कागज, बोतल, तारलगायतलाई छुट्याएर राख्ने गरिएको छ । वर्गीकरण केन्द्रमा कागज, प्लास्टिकलगायत फोहोर टुक्र्याउन र दबाउन तीनवटा मेसिन राखिएका छन् ।

वार्षिक करिब ८९ हजार रुपैयाँ भाडा तिर्ने गरी एक बिघा जमिन भाडामा लिएर करिब २६ लाखको लगानीमा गत भदौबाट सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएको हो । उपमहानगरले दैनिक २० टन फोहोरमैला संकलन गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.