भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चमा सुनुवाइ जारी, आजै आदेश आउन सक्ने

कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चमा सुनुवाइ जारी, आजै आदेश आउन सक्ने

काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ जारी रहने भएको छ ।

न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबारदेखि सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आज उक्त मुद्दामा निरन्तर बहस हुने र सम्भवतः आजै आदेश आउने अपेक्षा गरिएको छ ।

तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

यसबीच, मुद्दा विचाराधीन रहेकै अवस्थामा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको भन्दै खड्काले पूरक निवेदनसमेत पेश गरेका छन् ।

देउवा पक्ष तथा निर्वाचन आयोगका तर्फबाट सरकारी वकिलको बहस सकिएको छ । आज विपक्षीका रूपमा रहेका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माका पक्षबाट प्रतिरक्षा बहस हुनेछ ।

त्यसपछि रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेपछि इजलासले आदेश दिने सम्भावना रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.