भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

जनकपुर रिफाइनरीमा भीषण आगलागी, करिब १५ करोड रुपैयाँ बराबरको क्षति

जनकपुर रिफाइनरीमा भीषण आगलागी, करिब १५ करोड रुपैयाँ बराबरको क्षति

धनुषा । मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा गए राति भएको आगलागीबाट ठूलो आर्थिक क्षति भएको छ ।

रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताका अनुसार आगलागीबाट करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

आगो नियन्त्रणका लागि जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट पाँचवटा वारुणयन्त्र परिचालन गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार घटनाबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम जारी रहेको छ । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.