भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

सुनसरीमा गैडाको खागसहित चार जना पक्राउ, अवैध कारोबार पर्दाफास

सुनसरीमा गैडाको खागसहित चार जना पक्राउ, अवैध कारोबार पर्दाफास

सुनसरी, ४ बैशाख । सुनसरीको बर्जु गाउँपालिका–६ बर्जुताल क्षेत्रबाट गैडाको खागजस्तो देखिने वस्तुसहित चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अवैध रूपमा खागको कारोबार भइरहेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपालको बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा बर्जु गाउँपालिका–६ चिमडीका ३९ वर्षीय राजेशकुमार उराउ, ३१ वर्षीय जीवन चौधरी, बर्जु गाउँपालिका–५ अमाहीबेलाका ३३ वर्षीय रविनकुमार यादव तथा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ निवासी ४७ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् । उनीहरूलाई मोलमोलाइ गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।

उनीहरूको साथबाट गैडाको खागजस्तो देखिने वस्तु, दुई वटा मोटरसाइकल, चार थान मोबाइल सेट तथा करिब ६ हजार रुपैयाँ नगद बरामद गरिएको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय इनरुवा, सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.