भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउन सुरू

चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउन सुरू

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउने काम सुरू भएको छ । विगत एक सातादेखि निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने गरिन्छ । निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको टोलीले नियन्त्रित डढेलो लगाउने गर्दछन् । उनले भने, “घाँसेमैदानमा भएका जलनशील पदार्थमा नियन्त्रित रूपमा डढेलो लगाउँदा सहज हुने र पछि अनियन्त्रित डढेलोको समस्या हुँदैन ।”

निकुञ्जमा रहेको १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदानमध्ये अहिले तीन सय हेक्टर क्षेत्रफल घाँसेमैदान व्यवस्थापन गरिएको छ । बजेट अभावका कारण सबै क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गर्न नसकिएको उनले बताए । नियन्त्रित डढेलोबाट वन्यजन्तुले नखाने घाँस डढ्ने गर्दछ । घाँसेमैदानमा नियन्त्रित डढेलो लगाउँदा नयाँ र कलिलो घाँस पलाउने हुँदा जनावरलाई चरनका लागि सहज हुने उनले बताए । थापाका अनुसार नियन्त्रित डढेलोले जनावरमा क्षति हुँदैन । उनले भने, “अनियन्त्रित डढेलोका कारण क्षति पुग्छ । नियन्त्रित डढेलो लगाउँदा वन्यजन्तुमा क्षति हुन पाउँदैन ।”

नियन्त्रित डढेलो लगाउँदा पर्यापर्यटनका गतिविधिमा समेत असर नपर्ने उनको भनाइ छ । डढेलो पछि उम्रने कलिला घाँसका कारण वन्यजन्तु बस्ती पस्न रोकिने उनले बताए । चर्को गर्मीसँगै डढेलो फैलने भएकाले यो मौसममा नियन्त्रित डढेलो लगाउने गरिन्छ । यस निकुञ्जमा दुलर्भ वन्यजन्तु गैँडा, बाघ, हात्ती, चित्तललगायतका वन्यजन्तु रहेका छन् । यहाँ विश्वभरबाट पर्यटक जङ्गल सफारीका लागि आउने गर्दछन् ।

नियन्त्रित डढेलोले निकुञ्जभित्रको बाटोबाट टाढा–टाढासम्म वन्यजन्तु देख्न सकिन्छ । डढेलो पछिको मौसममा पर्यटकले सहजै वन्यजन्तु देखिने भएकाले सफारीका लागि रूचाउने गर्दछन् । अनियन्त्रित रूपमा हुने डढेलो निकुञ्जले नियन्त्रण गर्ने गर्दछ । निकुञ्जमा हुने सीमित स्रोत साधनका कारण सोचे जति नियन्त्रण गर्न कठिन हुने मगरले बताए । चर्को गर्मीसँगै निकुञ्जभित्र अनियन्त्रित डढेलो लाग्ने गर्दछ । यसले वन र वन्यजन्तुलाई क्षति पुर्‍याउने गर्दछ । क्षति कम गर्नका लागि नियन्त्रित डढेलो लगाइने गरिन्छ । रासस

 


Thali Mobile Pvt.Ltd.