भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

कोशी, बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा

कोशी, बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा

फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बादल रहेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

विभागका अनुसार, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बादल रहनेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बादल रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन वा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ।

आज रातिको मौसम पूर्वानुमान

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बादल छायाँ रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

नागरिकहरूलाई सतर्कताको सुझाव

विभागले नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। यस मौसमले दैनिक जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर गर्न सक्ने हुँदा विशेष गरी मेघगर्जन र हल्का वर्षा भएका क्षेत्रमा बासिन्दाहरूलाई सचेत रहन सुझाव दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.