भर्खरै : Sorry, your browser does not support inline SVG.

मनाङमा प्रवेश गर्न खाेप कार्ड अनिवार्य

मनाङमा प्रवेश गर्न खाेप कार्ड अनिवार्य

काठमाडौं । जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध गरेको छ ।

बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।

आइतबार मनाङ ङिस्याङ गाउँपालिकाको २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले बताएका थिए । उनले मनाङमा शनिबारसम्म शुन्य संक्रमित रहेको बताए ।

स्थास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले मनाङका कर्मचारी र स्थानियलाई सम्बन्धीत स्थानिय तहले खोपको व्यवस्था गर्नेछ भने जिल्लामा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेश गर्न दिइने छैन । खोप लगाएर कोप कार्ड बोकेका पर्यटक भने प्रवेश पाउने जानकारी उनले दिए ।

यता, मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना संक्रमित भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.