भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको उपचारका क्रममा मृत्यु

नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको उपचारका क्रममा मृत्यु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको आइतबार राति काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

अर्घाखाँचीका थापा नेकपा (एमाले)बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए भने एमाले विभाजनपछि एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोग सदस्य भएका थिए।
थापा केही समययता सुगर, प्रेसरलगायत रोगबाट पीडित रहेको थिए । उनले केही समयअघि मात्रै मिर्गौला प्रत्यारोपण गरेको र उपचारका क्रममा निधन भएको अस्पतालले जानकारी दिएको एकीकृत समाजवादीका प्रवक्ता जगननाथ खतिवडाले बताए।

थापाको निधनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुः व्यक्त गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.