भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री प्रचण्ड समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुने

प्रधानमन्त्री प्रचण्ड समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुने

काठमाण्डौ । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाँदै छन् । दिउँसो पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

मोदीले बेलुका शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुने नयाँदिल्लीमा रहेको नेपाली राजदूतावासले जनाएको छ । मोदीको शपथग्रहण समारोहमा सहभागी हुने प्रचण्डसहितका विशिष्ट पाहुना बेलुका नै भारतका राष्ट्रपति द्रौपदी मुर्मूले दिने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डको साथमा उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत सरकारी कर्मचारी भारत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्किने छन् ।

 


Thali Mobile Pvt.Ltd.