भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

सरदर मितिभन्दा एक–दुई दिन अघि नै मनसुन भित्रने

सरदर मितिभन्दा एक–दुई दिन अघि नै मनसुन भित्रने

काठमाण्डौ । नेपालमा मनसुन पश्चिमी वायुको प्रभावका कारण सरदर मितिकै आसपासमा भित्रने सम्भावना रहेको छ । नेपाल भित्रन लागेको मनसुनलाई पश्चिमी वायुले अवरोध गरेपछि भारतको सिक्किमसम्म आइपुगेको मनसुन नेपाल आउने सरदर मिति जुन १३ भन्दा ४–५ दिन अगाडि नै भित्रने अनुमान रहे पनि केही दिन आसपास हुने भएको छ ।

पूर्वबाट पश्चिम वहने हावाको चाप बढी भएमा सरदर मितिभन्दा एक–दुई दिन अघि नै मनसुन भित्रने सम्भावना रहने मौसमविद्ले बताएका छन् । मनसुनी प्रणाली पूर्वबाट पीश्चतर्फ बहन्छ । नेपालको पूर्वी भेगमा मनसुन प्रवेश गरेपछि पनि पश्चिम नेपाल पुग्न एक हप्तासम्म लाग्छ ।

अहिले पश्चिमबाट पूर्वतर्फ वहने हावाले सामान्य अवरोध गरेकोमा भरे राति वा भोलि बिहानदेखि पूर्वबाट पश्चिम वहने हावाको चाप बढ्ने भएकोले मनसुन भित्रन सहयोग पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन नेपाल भित्रिएको मापदण्ड पूरा हुने क्रममा रहेकोले मनसुन भित्रने सरदर मितिभन्दा ढिला नहुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.