भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरदर मितिभन्दा एक–दुई दिन अघि नै मनसुन भित्रने

सरदर मितिभन्दा एक–दुई दिन अघि नै मनसुन भित्रने

काठमाण्डौ । नेपालमा मनसुन पश्चिमी वायुको प्रभावका कारण सरदर मितिकै आसपासमा भित्रने सम्भावना रहेको छ । नेपाल भित्रन लागेको मनसुनलाई पश्चिमी वायुले अवरोध गरेपछि भारतको सिक्किमसम्म आइपुगेको मनसुन नेपाल आउने सरदर मिति जुन १३ भन्दा ४–५ दिन अगाडि नै भित्रने अनुमान रहे पनि केही दिन आसपास हुने भएको छ ।

पूर्वबाट पश्चिम वहने हावाको चाप बढी भएमा सरदर मितिभन्दा एक–दुई दिन अघि नै मनसुन भित्रने सम्भावना रहने मौसमविद्ले बताएका छन् । मनसुनी प्रणाली पूर्वबाट पीश्चतर्फ बहन्छ । नेपालको पूर्वी भेगमा मनसुन प्रवेश गरेपछि पनि पश्चिम नेपाल पुग्न एक हप्तासम्म लाग्छ ।

अहिले पश्चिमबाट पूर्वतर्फ वहने हावाले सामान्य अवरोध गरेकोमा भरे राति वा भोलि बिहानदेखि पूर्वबाट पश्चिम वहने हावाको चाप बढ्ने भएकोले मनसुन भित्रन सहयोग पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन नेपाल भित्रिएको मापदण्ड पूरा हुने क्रममा रहेकोले मनसुन भित्रने सरदर मितिभन्दा ढिला नहुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.