भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेख–सुर्खेत रुटको बस भाडा रु. ५५० कायम

दैलेख–सुर्खेत रुटको बस भाडा रु. ५५० कायम

दैलेख । सुर्खेत–दैलेख–सुर्खेत रुटको बस भाडा घटेको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा सुर्खेतमा बसेको सरोकारवालाको बैठकले बस भाडा रु ६३५ बाट घटाएर रु ५५० कायम गरेको हो ।

जिल्ला सुरक्षा समिति सुर्खेत र दैलेखका पदाधिकारीहरु, डिभिजन सडक कार्यालय प्रमुख, यातायात सेवा कार्यालयका प्रमुख, यातायता व्यवसायी संगठनका प्रमुखहरुसहितको बैठकले यातायात सेवाको विस्तार, सडक दुर्घटना न्यूनीकरण र बस भाडादर घटाउने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै पुस २८ गतेदेखि पूर्ण कार्यान्वयनमा आएको छ । यस्तै सुर्खेत देखि दैलेख कुसापनीसम्म हाल बस भाडादर रु ११९० बाट धटाई रु ९०० कायम गरिएको छ ।

निर्णय

 

 


Thali Mobile Pvt.Ltd.