भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

बालकोट मल्टिप्रपज इन्भेस्टमेण्ट लिमिटेडको १४ औं वार्षिक साधारणसभा भव्यरूपमा सम्पन्न, लाभांश प्रस्ताव पारित

बालकोट मल्टिप्रपज इन्भेस्टमेण्ट लिमिटेडको १४ औं वार्षिक साधारणसभा भव्यरूपमा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । भक्तपुरस्थित  बालकोट मल्टिप्रपज इन्भेस्टमेण्ट लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारण सभा भव्यताकासाथ सम्पन्न गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट स्थित नेपाल रेडक्रस सोसाइटीको सभाहलमा आयोजना वार्षिक साधारण सभामा सम्पन्न गरेको हो । विभिन्न कारोवार गरी मुनाफा आर्जन गर्दै आएको कम्पनीले शेयर सदस्यलाई लाभांश पनि वितरण गरेको छ । सभालाई सम्बोधन गर्दै सरोकारवालाले कम्पनीलाई व्यवसायिकरुपमा अगाडि बढाउँदै लैजानेमा जोड दिएको सञ्चालक समिति अध्यक्ष विष्णु बुढाथोकीले बताए ।

सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमा छलफल गरी पारितसमेत गरेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिक निर्धारण पनि गरेको जनाएको छ । कम्पनी २ करोड १२ लाख चुक्ता पूँजीसहित सञ्चालनमा रहेको छ । १ करोड ३५ लाख रिजर्व कोषमा रहेको जनाएको छ । आर्थिकरुमा सवल बन्दै गएको कम्पनी २०७८ पुसको वार्षिक साधारणसभामा कम्पनीलाई स्वैच्छिक खारेजी गर्ने निर्णय समेत गरेको थियो ।

मुद्धाका कारण केही गर्न नसकेको र अदालतको फैसला कम्पनी कै पक्षमा आएपछि अहिले शेयर सदस्यहरुले ग्राहकहरूको आर्थिक सम्पन्नताका लागि थप सहयात्री बन्ने उद्देश्यले पुर्नताजगी गरेको बताइएको छ । सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रतिबद्द रहेको बालकोट मल्टिप्रपज इन्भेष्टमेन्ट लिमिटेडले सभामा पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्ने तथा कम्पनीको व्यवसायिक उन्नतिलाई गति दिने अपेक्षा गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रिय योजना आयोगका सदस्य डा. यमबहादुर थापा, पूर्व प्रशासक जय नारायण नेपाल, पूर्व स्थानीय विकासमन्त्री उर्मिला अर्याल, पूर्व न्यायधिश मोहन रमण भटराई,  शोभिता लुइटेल, निर्माण व्यवसायी महासंघ पूर्व उपाध्यक्ष रुद्र प्रसाद शर्मा, कानुनी सल्लाहकार सेमन्तमणि खरेललगायतले कम्पनीको सफल्ताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको उद्घाटन जेष्ठ सदस्य पूर्व सचिव मोहनमणी दाहालले गरेका थिए ।

अध्यक्ष विष्णु बुढाथोकीको सभापतित्वमा भएको वार्षिक साधारण सभामा संचालक सदस्य मोहन बहादुर कार्कीले वार्षिक प्रगति प्रतिवेदन, सहकारी विज्ञ बाबुराम भुसालले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने शेयर सदस्यले प्रतिवेदनउपर व्यापक छलफल गरेका थिए । विष्णु बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन राम प्रसाद वेल्वासेले गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.