भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दाङ, बाँके र बर्दियामा डुबानको जोखिम, आकस्मिक बाढीप्रति सतर्क रहन आग्रह

दाङ, बाँके र बर्दियामा डुबानको जोखिम, आकस्मिक बाढीप्रति सतर्क रहन आग्रह

काठमाडौँ, २० साउन । पछिल्लो ६ घण्टामा भएको लगातारको वर्षाले दाङ, बाँके र बर्दियामा डुबानको उच्च जोखिम देखिएको जल तथा मौसम विभागले जनाएको छ।

दाङको तुलसीपुर, अम्बापुर, जलकुण्डी, बाँकेको पश्चिम राप्ती र सिक्टा तथा बर्दियाको मानपुर आसपासमा अत्यधिक वर्षा मापन गरिएको छ। ती क्षेत्र हुँदै बहने बबई नदी, पश्चिम राप्ती नदी, डुडुवा खोला तथा अन्य साना खोलामा आकस्मिक बाढीको खतरा बढेको जनाइएको छ।

खासगरी होचो भूभागमा डुबानको जोखिम रहेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न विभागले अनुरोध गरेको छ। दिउँसो लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.