भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सिद्धार्थ राजमार्गमा ठूलो पहिरो, सवारी अवरुद्ध

सिद्धार्थ राजमार्गमा ठूलो पहिरो, सवारी अवरुद्ध

पाल्पा, २० साउन — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड गएरातिदेखि अवरुद्ध बनेको छ। तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिर नजिकै ठूलो पहिरो खसेपछि राति ११ बजेदेखि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्दीप बेलबासेका अनुसार लगातारको वर्षाका कारण ठूला ढुंगासहितको पहिरो खसेको हो। अझै वर्षा जारी रहेकाले राजमार्ग खुलाउन कठिन भइरहेको छ।

राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु बाटोमै अलपत्र परेका छन्। पहिरो पन्छाउने प्रयास जारी भए पनि कहिले खुल्ने भन्नेबारे अन्योल रहेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.