भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दाङमा बस दुर्घटना, आठ जना घाइते

दाङमा बस दुर्घटना, आठ जना घाइते

दाङ, २७ पुष । दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ रावतगाउँ चोकमा यात्रुवाहक बस दुर्घटना भएको हो ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर बसमा सवार आठ जना यात्रु घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेसहित सबै आठ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ । घाइतेहरूको पहिचान खुल्न सकेको छैन ।

प्रहरी निरीक्षक बमका अनुसार बस आज दिउँसो करिब १२ः३० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.