भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

निर्वाचन प्रहरीमा आकर्षण, दुई दिनमै २७ हजारभन्दा बढी आवेदन

निर्वाचन प्रहरीमा आकर्षण, दुई दिनमै २७ हजारभन्दा बढी आवेदन

मुख्य बुँदा

दुई दिनमै २७ हजारभन्दा बढी आवेदन

म्यादी प्रहरीका लागि पुस २५ देखि आवेदन सुरु

माघ १ गतेसम्म दरखास्त दिन सकिने

१ लाख ३३ हजार ९८० जना भर्ना गरिँदै

बजेट ७ अर्ब १३ करोड सुनिश्चित

सशस्त्रले पनि १५ हजार ११० जनाको भर्ना गर्दै

काठमाडौँ, २७ पुष । प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि खटाइने निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्नाका लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि देशभरका जिल्ला प्रहरी कार्यालयबाट आवेदन लिन सुरु गरिएकोमा दुई दिनमै २७ हजारभन्दा बढीले आवेदन दिएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले दुई दिनको अवधिमा २७ हजारभन्दा बढी आवेदन सङ्कलन भएको जानकारी दिए । उनका अनुसार दरखास्त दिने म्याद माघ १ गतेसम्म तोकिएको छ ।

नेपाल प्रहरीले यसपटकको निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरेको छ । निर्वाचन प्रहरी भर्ना तथा परिचालनका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।

दरखास्त आह्वानको दोस्रो दिन शनिबार मात्रै करिब १७ हजार जनाले आवेदन दिएको प्रहरी स्रोतले जनाएको छ । यसले निर्वाचन प्रहरीप्रति युवाहरूको आकर्षण बढेको देखाउँछ ।

यसपटक सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरीको कोटा पाएको छ । सशस्त्र प्रहरीले जिल्ला सुरक्षा समिति मार्फत आवेदन लिएर भर्ना प्रक्रिया अघि बढाएको छ । सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.