भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भाईटीकाको दिन दाङको सौडियारमा १२ जना जुवातास खेल्दै गर्दा पक्राउ

भाईटीकाको दिन दाङको सौडियारमा १२ जना जुवातास खेल्दै गर्दा पक्राउ

काठमाण्डौ, ७ कार्तिक । दाङको सौडियारमा भाईटीकाको दिन तास खेल्दै गरेका १२ जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, घोराही उपमहानगरपालिका–७ सौडियारमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले दिनेश चौधरीको घरमा पैसाको हारजित हुने गरी तास खेलिरहेको अवस्थामा समूहलाई समातेको जनाएको छ। घटनास्थलबाट एक लाख ३२ हजार रुपैयाँ नगद र १४ गड्डी तास बरामद गरिएको प्रहरीको भनाइ छ।

जुवाको खालबाट बरामद सामग्रीसहित १२ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो।

प्रहरीका अनुसार, तिहार जस्तो पर्वको अवसरमा जुवातास नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको थियो।

 


Thali Mobile Pvt.Ltd.