भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कैलालीमा तोकिएको मूल्यभन्दा सस्तोमा धान बिक्री, किसानका पक्षमा युवाको अनसन

कैलालीमा तोकिएको मूल्यभन्दा सस्तोमा धान बिक्री, किसानका पक्षमा युवाको अनसन

कैलाली, ७ कार्तिक । सरकारले तोकेको मूल्यमा धान बिक्री हुन नसक्दा किसानहरू सस्तोमा धान बेच्न बाध्य भएका छन् । यो अवस्थाको विरोध गर्दै कैलालीका युवा नेत्र भण्डारीले भाइटिकाको दिनदेखि जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा अनसन सुरु गरेका छन् । भण्डारी ‘जसको कोही छैन, त्यसको हामी छौँ’ नामक अभियानका प्रमुख हुन् ।

उनका अनुसार किसानहरूले अहिले सरकारले निर्धारण गरेको मूल्यभन्दा झन्डै एक हजारदेखि पन्ध्र सय रुपैयाँसम्म कममा धान बेच्न बाध्य छन् । सरकारले तोकेको मूल्य किसानले पाउनैपर्ने माग गर्दै उनले अनसन थालेका हुन् । सरकारले गत भदौ २६ गते मोटा धानको मूल्य प्रतिमुरी ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य ३ हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको थियो । सो अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले असोज ३१ गते सूचना जारी गर्दै सरकारी मूल्य कार्यान्वयन गर्न निर्देशन दिएको थियो । तर, किसानहरूले अझै पनि तोकिएको दरमा बिक्री गर्न नपाएको भण्डारीको भनाइ छ ।

भण्डारीले भने, “सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य पाउनुपर्ने किसान अहिले त्यो मूल्य पनि पाएका छैनन् । व्यापारीले धानको मूल्य निर्धारण गर्नु गलत हो । अब किसानले आफ्नै धानको मूल्य तोक्न पाउनु पर्छ, नत्र सरकारले तोकेको मूल्य व्यापारीले दिनुपर्छ ।” उनले सस्तोमा धान बेच्न बाध्य भएका किसानलाई क्षतिपूर्ति दिनुपर्ने माग पनि गरेका छन् ।

अनसन सुरु भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साललाई फोन गरी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।  मुख्यमन्त्रीको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयमा किसान अगुवा, उद्योग वाणिज्य संघ र जेनजीका प्रतिनिधिहरूबीच वार्ता सुरु भएको छ । प्रशासनका अनुसार किसानका माग सम्बोधनका लागि छलफल जारी छ ।

सरकारले निर्धारण गरेको मूल्य किसानसम्म पुग्न नसक्दा कैलालीका किसानहरूमा असन्तुष्टि बढेको छ । किसान पक्षका युवा नेत्र भण्डारीको अनसनले अब प्रशासन र प्रदेश सरकारलाई मूल्य कार्यान्वयनतर्फ गम्भीर हुन बाध्य बनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.