भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

वि.सं. २०८२ सालको दशैं: टीका लगाउने उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

वि.सं. २०८२ सालको दशैं: टीका लगाउने उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

काठमाडौं, ३१ भाद्र । वि.सं. २०८२ सालको दशैं (विजया दशमी) मा टीका लगाउने उत्तम साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालले सार्वजनिक गरेको जानकारी अनुसार यस वर्ष दशैंको घटस्थापनाको साइत असोज ६ गते सोमबार बिहान ९:१३ बजे रहेको छ ।

दशैंको अन्य प्रमुख दिनहरूको साइत यस्ता छन्:

  • असोज ६ गते (सोमबार) – घटस्थापना (नवरात्रा आरम्भ) बिहान ९:१३ बजे
  • असोज ७ गते (मङ्गलबार) – झण्डा फेर्ने, बिहान ९:५३ बजे
  • असोज ११ गते (शनिवार) – श्रीपचली भैरव यात्रा
  • असोज १३ गते (सोमबार) – फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे
  • असोज १४ गते (मङ्गलबार) – महाष्टमी, कालरात्रि
  • असोज १५ गते (बुधवार) – महानवमी, स्थिरासन बिहान ९:२३ बजे
  • असोज १६ गते (बिहीबार) – विजया दशमी, देवी विसर्जन बिहान ९:२३ बजे, टीका लगाउने शुभसाइत बिहान ११:५३ बजे
  • असोज २० गते (सोमबार) – अखिल बलिपूर्ति, कोजाग्रत व्रत, पूर्णिमाव्रत

टीका लगाउने बेला पूर्व मोहडा फर्केर टीका थाप्नुपर्ने उल्लेख गरिएको छ । साथै, विजया दशमीको दिन श्री तुलजाभवानी यात्रा, खड्ग यात्रा र अन्य धार्मिक कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् ।

यस्ताे छ पत्र..

 

 


Thali Mobile Pvt.Ltd.