भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

दशैँ मनाउनेहरु बाहिरिएसँगै काठमाण्डौ उपत्यका सुनसान

दशैँ मनाउनेहरु बाहिरिएसँगै काठमाण्डौ उपत्यका सुनसान

काठमाण्डौ । सधैं भिडभाड र व्यस्त रहने काठमाण्डौ उपत्यका दशैँ पर्वको कारण सुनसान बन्दै गएको छ। गाडीको चापले अस्तव्यस्त देखिने चोक र गल्लीहरू अहिले शून्यजस्तै देखिन थालेका छन्।

भोलि दशैँको टीका भएकाले उपत्यकामा अझै चहलपहल घटेको बुझ्न सकिन्छ। पसलहरू पनि पूर्ण रूपमा खुलेका छैनन् भने केही मुख्य चोकमा मात्रै सामान्य गतिविधि देखिएको छ।

देशका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय वा अध्ययनका लागि राजधानी बस्नेहरू वर्षमा एकपटक दशैँमा घर फर्कने गर्छन्। यस वर्ष पनि दशैँ मनाउन राजधानी छाड्नेको संख्यामा वृद्धि भएको छ।

ट्राफिक प्रहरीका अनुसार अहिले गाडीको चापमा झन्डै ५० प्रतिशतले कमी आएको छ। सार्वजनिक यातायात आंशिक रूपमा चलिरहेका छन्।

अहिलेसम्म करिब साढे पाँच लाख मानिसले काठमाण्डौ उपत्यका छाडेको अनुमान गरिएको छ।