भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

इनारमा निसास्सिएर दुई जनाको मृत्यु

इनारमा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर । इनार खन्ने क्रममा निसास्सिएर आज दुईजनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनुवार र निजको काका ४६ वर्षीय दीपक सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफू बसेको जग्गामा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्केर अचेत अवस्थामा छन् भन्ने जानकारी पाएलगत्तै विपद् व्यवस्थापन महाशाखा काठमाडौँबाट २५ जना, जिल्ला परिसर भक्तपुरका ३० जना प्रहरी टोली,

सशस्त्र प्रहरी बलबाट नौ जनाको टोली र आरएनए–१६ को टोली घटनास्थल पुगेर उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल लगेपनि दुवैको मृत्यु भइसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका राजन कार्कीले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.