भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सेवा प्रवाहमा यो वर्षपनि भक्तपुर अस्पताल सर्वोत्कृष्ट घोषणा

सेवा प्रवाहमा यो वर्षपनि भक्तपुर अस्पताल सर्वोत्कृष्ट घोषणा

भक्तपुर । यो वर्षपनि भक्तपुर अस्पताल सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ । बागमती प्रदेश सरकारले मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्याङ्कनअनुसार अस्पताल सबैभन्दा धेरै ९८ अङ्क प्राप्त गरी प्रदेशको मात्रै होइन देशकै उत्कृष्ट बन्न सफल भएको हो ।

अस्पतालले ९८ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गरेपनि त्यसलाई निरन्तर टिकाइराख्न जरुरी रहेको बागमती प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले बताए । अस्पतालले गरेको मेहनतको उच्च मुल्याङ्कन गर्दै आवश्यक समन्वय गर्न प्रदेश सरकारबाट तयार रहेको स्वास्थ्य मन्त्रालयका सचिव बद्रि बहादुर खड्काले बताए । व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा कान्ति बाल अस्पतालका नर्सिङ प्रमुख रोशनी तुइतुइ, स्वास्थ्य विभाग र स्वास्थ्यमन्त्रालयका प्रतिनिधि कार्यक्रममा सहभागिता थियो ।

भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा नतिजा सार्वजनिक गर्दै उत्कृष्ट अस्पताल बन्न सफल भएको घोषणा गरिएको हो । भक्तपुर अस्पताल अब छिटै ३ सय शैयामा विस्तार गरिन लागेको बागमती प्रदेशले जनाएको छ । त्यसका लागि बजेटसहित अनुमति दिने प्रदेश सरकारको नीतिगत निर्णय गरेको जनाएको छ । मूल्याङ्कन समितिका सदस्य एवं कान्ति बाल अस्पतालका प्रमुख नर्सिङ प्रशासक तुइतुइले भक्तपुर अस्पतालले विगतभन्दा सेवामा धेरै सुधार गरेको बताइन् ।

अस्पताल देशकै उत्कृष्ट अस्पताल बन्नुमा सिङ्गो ‘टिम’को सही मूल्याङ्कन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमको धारणा छ । सबै कर्मचारीको लगनशीलता र मेहनतको प्रतिफलले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष रमण कायस्थले बताए । अहिले गुणस्तरीय सेवा विस्तार गरेसँगै ओपिडीमा दैनिक १२ सयसम्म विरामीको भीड हुने गरेको छ । अस्पतालले प्रदेश स्वास्थ्य मन्त्रालयबाट आएको टिमलाई मायाको चिनो स्वरुप मयुर झ्याल प्रदान गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.