भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

काठमाडौंबाट बाह्रबिसे गइरहेको बसले ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौंबाट बाह्रबिसे गइरहेको बसले ठक्कर दिँदा महिलाको मृत्यु

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका १० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ।काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिएको हो ।

मागी हिँड्ने ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नाम, वतन नखुलेकी ती महिलालाई ठक्कर दिने बसचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 


Thali Mobile Pvt.Ltd.