भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

युएईमा बितेका कृष्णको शव ल्याउन परिवारकाे माग, सरकारबाट पाउने क्षतिपूर्तिसमेत नपाउने

युएईमा बितेका कृष्णको शव ल्याउन परिवारकाे माग, सरकारबाट पाउने क्षतिपूर्तिसमेत नपाउने

काठमाडौं । युएईमा मृत्यु भएका २४ वर्षीय कृष्णप्रसाद पाण्डेको शव ल्याउन आर्थिक अभाव भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ घर भएका पाण्डे दुई वर्षअघि भिजिट भिसामा युएई गएका थिए । भदौ ९ गते आबुधाबी शहरमा मृत फेला परेका उनको शव ल्याउन परिवारले हार गुहार गरेको छ ।

सडक छेउँ फेला परेको उनको शव आबुधाबीको अस्पतालमा बुझाएको छ । उनको मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन ।विदेशबाट शव फिर्ता ल्याउन एक लाख रुपैयाँ आवश्यक परेको मृतकका दाइ नाता पर्ने शशिधर पाण्डे बताए । तर परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएकाले पैसा जुटाउन समस्या भएको उनको भनाइ छ ।

श्रम स्वीकृति लिएर विदेश पुगेर मृत्यु भएका श्रमिकको हकमा सरकारले शव झिकाउनेदेखि मृतक परिवारलाई क्षतिपूर्ति समेत दिने गरेको छ । तर श्रम स्वीकृति विना भिजिट भिसामा विदेश गएर मृत्यु भएकाले कृष्णप्रसादको शव झिकाउन लाग्ने खर्च उनकै परिवारले ब्यहोर्नुपर्ने भएको छ । मृतकको परिवारले सरकारबाट पाउने क्षतिपूर्ति समेत नपाउने भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.