भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

खेत जोतिरहेका बेला ट्याक्टर पल्टिएर चालकको मृत्यु

खेत जोतिरहेका बेला ट्याक्टर पल्टिएर चालकको मृत्यु

सर्लाही । खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । बलरा नगरपालिका ९, अचलगढमा आज ४० वर्षीय रुसतम साहको दुर्घटनास्थलमै मृत्यु भएको हो ।

‘अन टेष्ट’ ट्याक्टर अनियनित्रत भई पल्टिँदा चालक साहको ट्याक्टरमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तत्कालै स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढ ल्याएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बलराले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।

 


Thali Mobile Pvt.Ltd.