भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

माटोको भाँडोमा पकाको खाना कत्तिले खानु भयो ?

माटोको भाँडोमा पकाको खाना कत्तिले खानु भयो ?

काठमाडौं । माटोको भाँडामा खाना खानु एकदमै राम्रो मानिन्छ । माटोको भाँडामा खानेकुराको पोषक तत्त्व कति पनि नष्ट हुँदैन ।माटोको भाँडामा खाना पकाउँदा पोषक तत्त्व मिल्छ । दूध वा दूधबाट बनेको उत्पादन राख्न र खानका लागि त माटोको भाँडा सर्वोत्तम नै हो । माटोको भाँडोमा खाना राख्दा फस्फोरस, क्याल्सियम, म्याग्नेसियम जस्ता खनिज शरीरमा पुग्छन् ।

जबकि अन्य गिलास, स्टिल वा आल्मुनियमका भाँडाहरूले त्यस्ता फाइदाहरू प्रदान गर्दैनन् । माटोमा पकाएर राखिएको खाना पेटका लागि विशेष फाइदाजनक हुन्छ । यसले ग्यास र अपचको समस्यामा आराम दिन्छ । माटोको भाँडोले कोलेस्ट्रोल घटाउन पनि केही हदसम्म मद्दत गर्छ । माटोको भाँडोमा बढी तेल भएको खानेकुरा राख्दा त्यसले केही हदसम्म तेल सोस्ने विज्ञहरू बताउँछन् ।

धेरै होइन, तर केही हदसम्म कोलेस्ट्रोलको स्तर कम हुन्छ । यसबाहेक माटोको भाँडोमा पकाइएको खानामा पनि विशेष सुगन्ध र स्वाद हुन्छ । यदि तपाईँ माटोको भाँडो प्रयोग गर्न चाहनुहुन्छ भने, त्यसपछि तिनीहरूलाई १५ देखि २० मिनेटको लागि पानीमा भिजाउनुहोस् । त्यसपछि यसलाई पानीले सफा गर्नुहोस् र त्यसपछि मात्र प्रयोग गर्नुहोस् ।

 


Thali Mobile Pvt.Ltd.