भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

पूर्वपश्चिम राजमार्ग अवरुद्ध, दाउन्नेको खुर्सानी खोलामा सडक भासियो

पूर्वपश्चिम राजमार्ग अवरुद्ध, दाउन्नेको खुर्सानी खोलामा सडक भासियो

काठमाडौँ, २५ असार । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलानजिक सडक भासिएपछि बुधबार बिहानदेखि पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरदत्त पन्तका अनुसार बिहान ५ बजेतिर सडक भासिएको थियो। भासिएको ठाउँमा एक ट्रक पनि फसेपछि सडक पूर्ण अवरुद्ध भएको हो।

पूर्वतर्फ जाने सवारीसाधनहरू बर्दघाटको टीसीएन चोकमा, र पश्चिमतर्फ जाने सवारीहरू दुम्किबासमा रोकिएका छन्। सडक खुलाउने प्रयास भइरहेको भए पनि लगातारको वर्षाले काममा कठिनाइ भइरहेको डीएसपी पन्तले जानकारी दिए। ट्रक फसेको ठाउँमा वैकल्पिक बाटो बनाएर सवारीसाधन सञ्चालन गर्न प्रयास जारी छ।

नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत पर्ने १४ किलोमिटर लामो दाउन्ने खण्डमा सडक स्तरोन्नतिको काम चलिरहेको छ। त्यसै क्रममा विभिन्न ठाउँमा हिलो जम्ने, सडक भासिने, र आवागमनमा अवरोध हुने समस्या दोहोरिँदै आएको छ।

प्रहरी र सडक विभागको टोली घटनास्थलमा खटिएको छ। यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.