भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं, २५ असार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवा बाढीमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढी क्षेत्रमा आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको खोजीलाई निरन्तरताका साथ अघि बढाउन आग्रह गरेको हो।

प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार साँझ बसेको बैठकमा चीनसँगको रसुवागढी–केरुङ नाका जोड्ने मितेरी पुल बगाएपछि पुनःनिर्माण गरी नाका सञ्चालनमा ल्याउने विषयमा तत्काल समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको छ।

साथै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सडक पूर्वाधार सञ्चालन र वैकल्पिक नाका सञ्चालनको तयारी गर्न, भन्सार, अध्यागमन र जलविद्युत् आयोजनाका संरचना मर्मत गर्न सम्बन्धित मन्त्रालयहरूलाई जिम्मेवारी दिइएको छ।

बैठकमा, बाढीले क्षति पु¥याएका कन्टेनर, गाडी, तथा सामग्रीहरूको बीमा लगायतका सहजीकरणका लागि अर्थ मन्त्रालयलाई, मृतकका परिवार र बेपत्ताका परिवारलाई राहत उपलब्ध गराउने कार्य गृह मन्त्रालयलाई, तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य मन्त्रालयलाई गर्न भनिएको छ।

प्रधानमन्त्री ओलीले आफूले चिनियाँ राजदूतसँग बेलिब्रिजमार्फत पुल पुनः सञ्चालन गर्न आग्रह गरिसकेको जानकारी बैठकमा गराउनुभयो। साथै, कोरला नाकालगायत अन्य वैकल्पिक मार्गहरू व्यवस्थित गर्दै जानुपर्नेमा पनि बैठकले जोड दिएको छ। यसबाहेक, यस वर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान रहेकाले सबै सरोकारवाला निकायलाई तयारी र सजगताका लागि स्पष्ट निर्देशन दिइएको छ।

बैठकले घटनाको कारण पहिचान तथा आगामी सम्भावित जोखिमको पूर्वानुमानका लागि अध्ययन र चीनका सम्बन्धित निकायसँग समन्वय गर्न पनि सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।

 


Thali Mobile Pvt.Ltd.