भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

कावासोतीको खोला किनारमा ३० महिने बालक मृत फेला

कावासोतीको खोला किनारमा ३० महिने बालक मृत फेला

काठमाडौं । नवलपुरको कावासोती ४ हसौरास्थित खोला किनारमा एक बालक मृत फेला परेका छन्। पूर्व वडाध्यक्ष रामजी ढुंगानाका नाति ३० महिने सुवास ढुंगाना बुधबार बिहान हसौरास्थित चिलाहाको हसौरा खोला किनारमा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बालक मंगलबार बिहान हसौरा नजिकै खेलिरहेको अवस्थामा बेपत्ता भएका थिए । उनलाई खोलाले बगाएको आशंकामा प्रहरी र स्थानीयले खोजी गरेका थिए। घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.