भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

बालकको शव खोलामा भेटियो

बालकको शव खोलामा भेटियो

नवलपरासी । कावासोती नगरपालिका ४ हसौराबाट बेपत्ता भएका दुई वर्षे बालकको शव खोला किनारमा भेटिएको छ ।

रामजी ढुङ्गानाको छोरा ३० महिने सुवास ढुङ्गाना मङ्गलवार बिहान आफ्नै घर आँगनमा साइकलमा खेलिरहेको अवस्थामा हराएका थिए । बेपत्ता बालकलाई घर छेउको पक्की सिँचाइ कुलोले बगाएको अनुमानसहित खोजी गर्दा आज कावासोती ४ तिलाहास्थित हसौरा खोला किनारमा शव भेटिएको हो ।

हसौरा सिँचाइ कुलोले बगाएको बालकलाई घर देखि दुई किमि दुरीमा रहेको खोलाको किनारमा शव भेटेपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.