भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बल्खुमा भेटिएको शवको सनाखत

बल्खुमा भेटिएको शवको सनाखत

काठमाडौं । आज बिहान ललितपुरको बल्खु खोलामा आएको बाढीमा फेला परेको शव बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको रहेको खुलेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बुल्खु पुलमुनि अड्किएको अवस्थामा शव फेला परेको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।

डुबानमा परेका क्षेत्रमा उद्धारका लागि आज बिहान १ बजेदेखि प्रहरी परिचालन गरेर अहिलेसम्म ३ जना बालक, ८ जना महिला र १३ जना पुरूष गरी विभिन्न ठाउँबाट २४ जनाको उद्धार भएको छ प्रहरीले जनाएको छ । यस्तै ललितपुर महानगरपालिका–२ सानेपा, वडा नम्बर ९ शङ्खमुल, वडा नम्बर १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.