भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

बल्खुमा भेटिएको शवको सनाखत

बल्खुमा भेटिएको शवको सनाखत

काठमाडौं । आज बिहान ललितपुरको बल्खु खोलामा आएको बाढीमा फेला परेको शव बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको रहेको खुलेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बुल्खु पुलमुनि अड्किएको अवस्थामा शव फेला परेको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।

डुबानमा परेका क्षेत्रमा उद्धारका लागि आज बिहान १ बजेदेखि प्रहरी परिचालन गरेर अहिलेसम्म ३ जना बालक, ८ जना महिला र १३ जना पुरूष गरी विभिन्न ठाउँबाट २४ जनाको उद्धार भएको छ प्रहरीले जनाएको छ । यस्तै ललितपुर महानगरपालिका–२ सानेपा, वडा नम्बर ९ शङ्खमुल, वडा नम्बर १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.