भर्खरै : Sorry, your browser does not support inline SVG.
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव |

करेन्ट लागेर सासुको मृत्यु, बुहारी घाइते

करेन्ट लागेर सासुको मृत्यु, बुहारी घाइते

विराटनगर। मोरङमा लुगा धुनेक्रममा करेन्ट लागेर सासुको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छन् । जहदा गाउँपालिका(१ झैलाचोकमा बिहीबार मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लाग्दा ४५ वर्षीय रेवतीदेवी सरवरियाको मृत्यु भएको हो । २५ वर्षीया चन्द्रिका सरवरिया घाइते छन् ।

प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएकी रेवतीदेवीको उपचारका लागि विराटनगरको मकालु अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ पुर्‍याए लगत्तै अस्पतालले उनलाई मृत घोषित गरेको थियो । चन्द्रिकाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.