भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

करेन्ट लागेर सासुको मृत्यु, बुहारी घाइते

करेन्ट लागेर सासुको मृत्यु, बुहारी घाइते

विराटनगर। मोरङमा लुगा धुनेक्रममा करेन्ट लागेर सासुको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छन् । जहदा गाउँपालिका(१ झैलाचोकमा बिहीबार मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लाग्दा ४५ वर्षीय रेवतीदेवी सरवरियाको मृत्यु भएको हो । २५ वर्षीया चन्द्रिका सरवरिया घाइते छन् ।

प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएकी रेवतीदेवीको उपचारका लागि विराटनगरको मकालु अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ पुर्‍याए लगत्तै अस्पतालले उनलाई मृत घोषित गरेको थियो । चन्द्रिकाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.