भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला

पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला

काठमाडौं । काठमाडौं नयाँ बसपार्कभित्र पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २६ नयाँ बसपार्कको ३ नम्बर गेटनजिकै पार्किङ गरी राखिएको बा २ ख २३४४ नम्बरको बसमा मंगलबार युवाको शव फेला परेको हो।

उक्त बस दुई महिनादेखि पार्किङ गरिराखिएको बताइएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी पार्किङ गरेको बसभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

 

 


Thali Mobile Pvt.Ltd.