भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सोलुखुम्बुमा करेन्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु

सोलुखुम्बुमा करेन्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु image

काठमाडौं । सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा सल्लेरी च्याल्सा विद्युत कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राई रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

कार्यालयका प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार शनिबार दिउँसो विद्युतका तार आसपासका रुख काटछाट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको हो।

सोही घटनामा परी घाइते भएका विद्युत कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत्त सोलुदुधकुण्ड नगरपालिका–६ का ३० वर्षीय वुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीको रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीय टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.