भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

चीनले भिसामा सहजीकरण गरेपछि पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि

चीनले भिसामा सहजीकरण गरेपछि पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि

चीन । चीनले भिसामा सहजीकरण गरेपछि पर्यटकको सङ्ख्या उल्लेख्य बढाएको छ । सन् २०२४ को पहिलो छ महिनामा चीनमा एक करोड ४० लाख ६४ हजार जना विदेशी पर्यटक पुगेका छन् । यो अघिल्लो वर्षको छ महिनाको तुलनामा एक सय ५२ प्रतिशतले धेरै हो । गएको जनवरीदेखि जुलाईसम्म चीन पुगेका एक करोड ४० लाख जना पर्यटकमध्ये ८० लाख जनाभन्दा धेरै पर्यटक भिसा फ्रि अभियानअन्तर्गत पुगेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनको भिसा फ्रि नीतिको कारण नै पर्यटक बढेको खबरमा उल्लेख छ ।

चीनले ५४ वटा देशका मानिसका लागि भिसा फ्रि व्यवस्था गर्दै विमानस्थलमै पुगेपछि भिसा दिने नीति लागू गरिरहेको छ । गएको जुलाईमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण सत्रमा पारित प्रस्तावले विदेशबाट आएका मानिसलाई बस्न, उपचार सेवा र चीनमा भुक्तानीका सेवालाई थप सहज बनाउने प्रतिवद्धता गरेको थियो । चिनियाँ केन्द्रीय बैंक पीपुल्स बैंक अफ चाइनाले अलिपे र टेनपे जस्ता प्रमुख मोबाइल भुक्तानी सेवा प्रदायकलाई सहजीकरण गर्दै कुनै पनि प्रयोगकर्ताले वार्षिक पाँच हजार रुपैयाँ मात्रै कारोबार गर्न पाउने सीमा बढाएर वार्षिक ५० हजार डलर पुर्‍याइदिएको छ ।

वाणिज्य मन्त्रालय र अन्य छ वटा सरकारी विभागले चीनमा विदेशी यात्रीको लागि आवासलाई थप सुविधा प्रदान गर्ने परिपत्र जारी गरेका छन् । चीनले विदेशी पाहुनाका लागि होटलमा प्रतिबन्ध खुकुलो बनाउँदै लगेको छ । चीनमा आन्तरिक पर्यटक पनि बढेका छन् । लामो दूरीको रेलमा यात्रा गर्नेहरु ४० प्रतिशतले बढेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.