भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महाकालीमा बेपत्ता दुई किशोरीमध्ये एक जनाको शव फेला

महाकालीमा बेपत्ता दुई किशोरीमध्ये एक जनाको शव फेला

काठमाडौं । बैतडीको महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एक जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बलको टोलीले शनिबार एक किशोरीको शव फेला पारेको हो । शिवनाथ गाउँपालिकाको स्वाला बस्ने १३ वर्षीया रजनी चाड र १२ वर्षीया अस्मिता चाड महाकाली नदीमा नुहाउन क्रममा बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुस्मौताघाटबाट खटिएको सुरक्षा फौजले रजनी चाडको शव फेला पारेको हो । बेपत्ता अस्मिता चाडको भने खोजी कार्य भइरहेको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

 

 


Thali Mobile Pvt.Ltd.