भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गर्मीका कारण गाजामा मानवीय सङ्कट आउन सक्ने डब्ल्यूएचओको चेतावनी

गर्मीका कारण गाजामा मानवीय सङ्कट आउन सक्ने डब्ल्यूएचओको चेतावनी

काठमाडौं । अत्यधिक गर्मीले प्यालेस्टाइनको गाजामा ठूलो मानवीय सङ्कट आउन सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चेतावनी दिएको छ । हमास र इजरायलको युद्धका कारण विस्थापित भएका लाखौँ मानिसलाई चर्को गर्मीले नराम्ररी सताउन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गाजाका हजारौँ विस्थापित गर्मीसँगै हिट स्ट्रोक र विभिन्न रोगका कारण गम्भीर समस्या नजिकै रहेको डब्ल्यूएचओका गाजा र वेस्ट बैंकका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताउनुभएको छ । गर्मीसँगै पानी झनै दुषित हुने र उच्च तापक्रमको कारण मौज्दातमा रहेको खाना चाँडै बिग्रने उहाँको भनाइ छ ।

यस्तै लामखुट्टे, सर्प र झिँगा जस्ता जीवका कारण पनि विस्थापितको शिविरमा विभिन्न प्रकोप फैलन सक्ने डब्ल्यूएचओको चेतावनी छ । गाजाका विभिन्न ठाउँमा झन्डै १२ लाख जना जना शरणार्थी रहेका छन् । अहिले संसारका विभिन्न ठाउँमा गर्मीको कारण सयौँ जनाको ज्यान गइरहेको बेला गाजामा पनि गर्मीले जनजीवन कष्टकर बनाउन सक्ने डब्ल्यूएचओको चेतावनी छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.