भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

गर्मीका कारण गाजामा मानवीय सङ्कट आउन सक्ने डब्ल्यूएचओको चेतावनी

गर्मीका कारण गाजामा मानवीय सङ्कट आउन सक्ने डब्ल्यूएचओको चेतावनी

काठमाडौं । अत्यधिक गर्मीले प्यालेस्टाइनको गाजामा ठूलो मानवीय सङ्कट आउन सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चेतावनी दिएको छ । हमास र इजरायलको युद्धका कारण विस्थापित भएका लाखौँ मानिसलाई चर्को गर्मीले नराम्ररी सताउन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गाजाका हजारौँ विस्थापित गर्मीसँगै हिट स्ट्रोक र विभिन्न रोगका कारण गम्भीर समस्या नजिकै रहेको डब्ल्यूएचओका गाजा र वेस्ट बैंकका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताउनुभएको छ । गर्मीसँगै पानी झनै दुषित हुने र उच्च तापक्रमको कारण मौज्दातमा रहेको खाना चाँडै बिग्रने उहाँको भनाइ छ ।

यस्तै लामखुट्टे, सर्प र झिँगा जस्ता जीवका कारण पनि विस्थापितको शिविरमा विभिन्न प्रकोप फैलन सक्ने डब्ल्यूएचओको चेतावनी छ । गाजाका विभिन्न ठाउँमा झन्डै १२ लाख जना जना शरणार्थी रहेका छन् । अहिले संसारका विभिन्न ठाउँमा गर्मीको कारण सयौँ जनाको ज्यान गइरहेको बेला गाजामा पनि गर्मीले जनजीवन कष्टकर बनाउन सक्ने डब्ल्यूएचओको चेतावनी छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.