झापा । झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको छ ।
दमकस्थित इलाका प्रहरी कार्यालयकाअनुसार सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बाँस्तोलालाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जनकपुर । धनुषा प्रहरीले आफ्नै डिएसपीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको ‘डिएसपी (प्रहरी नायब उपरीक्षक) हुँ’ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । आफू डिएसपी भएको...
पर्वत । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ। पार्टी प्यालेसबाट झण्डै १५ लाख रुपैयाँ चोरी गरेका दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । गत...
प्यूठान । सरुमारानी गाउँपालिका २ दर्भानमा नवजात शिशुको शव फेला परेको छ । बिहिवार स्थानीय तकमान कुमालको घर अगाडि रहेको डस्टबिन भित्र सालनाल समेत नकाटिएको अवस्थामा शिशुको शव फेला...
काठमाडौं । ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न चार जना भारतीय नागरिकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको...