भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सिरहाको एक होटलमा युवकको शव फेला

सिरहाको एक होटलमा युवकको शव फेला

काठमाडौं । सिरहाको एक होटलमा युवकको शंकास्पद मृत्यु भएको छ । धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा धनगढीमाई नगरपालिका ३ का करिब ३२ वर्षीय प्रमोद कुमार कामती मृत फेला परेको प्रहरीले जनाएको छ ।

होटल सञ्‍चालक धर्मा महतोका अनुसार विहान ९ः३० बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी दिए । धेरै समय भइसक्दासमेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल सञ्‍चालक महतोले जानकारी दिए ।कामतीसँग प्रवेश गरेकी अपरिचित महिला फरार रहेकी छन् ।

मृतक कामती वैदेशिक रोजगारीबाट आज बिहान मात्र घर आइपुगेको परिवारजनले जानकारी दिए । मृतकका बुवा रामनारायण कामतीले विदेशबाट आउनेबित्तिकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताए । मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी छन् ।

 

 


Thali Mobile Pvt.Ltd.